(१) नियम १८ बमोजिम लाइसेन्स लिनु नपर्ने रेडियो यन्त्र बाहेक अन्य सबै प्रकारका रेडियो यन्त्र राख्न, प्रयोग गर्न, उत्पादन गर्न वा बिक्री वितरण गर्न वा एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक हुनका लागि लाइसेन्स लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लाइसेन्स लिन चाहने व्यक्तिले देहाय बमोजिम लाइसेन्स दिने अधिकारी समक्ष दरखास्त दिनु पर्नेछः–
(क) स्याटेलाइट रिसिभिंग सिष्टम वा स्याटेलाइट कम्यूनिकेशन सिष्टम ( अर्थ स्टेशन) र कर्डलेस टेलिफोनको लागि क्रमशः अनुसूची–१ (क) र अनुसूची–१ (ख) बमोजिमको ढाँचामा,
(ख) खण्ड (क) मा उल्लेख भएदेखि बाहेकका अन्य सबै प्रकारका रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि अनुसूची–१ (ग) बमोजिमको ढाँचामा,
(ग) एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक हुनको लागि अनुसूची–१ (घ) बमोजिमको ढा“चामा,
(घ) रेडियो यन्त्र उत्पादनको लागि अनुसूची–२ बमोजिमको ढाँचामा र
(ङ) रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि अनुसूची–३ बमोजिमको ढाँचामा ।